काठमाडौँ
००:००:००
२३ पुष २०८२, बुधबार

२२ पुष २०८२
अ+
अ-

काठमाडौँ। साताको तेस्रो कारोबार दिन आज (मंगलबार) नेप्से ९.९३ विन्दुले बढेको छ। अघिल्लो दिनको कारोबारमा ०.३७ प्रतिशतले बढेको नेप्से २‚६४९.३० विन्दुमा पुगेको छ।

आइतबार १०.२९ अंकले घटेको नेप्से हिजो (सोमबार) भने २८.७३ अंकले बढेको थियो।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि २.३१ अंकले बढेर ४५७.२३ विन्दुमा रोकिएको छ। सेयर बजारमा मंगलबार ३३४ कम्पनीको ८८ हजार ३६२ पटकको कारोबारमा एक करोड ४८ लाख ३१ हजार २४१ कित्ता सेयर किनबेच भए। जसमा मंगलबार सात अर्ब १२ करोड ३३ लाख ६५ हजार २९६ रुपैयाँको कारोबार भयो।

सेयर बजारमा आइतबार पाँच अर्ब एक करोड ७५ लाख ८७ हजार २९४ रुपैयाँको कारोबार भएकामा सोमबार भने ६ अर्ब ४७ करोड ३७ लाख ३६ हजार ९९ रुपैयाँको कारोबार भएको थियो।

नेप्सेमा आज १३ समूहका कारोबार भएकामा होटेल तथा पर्यटन र उत्पादन तथा प्रशोधन समूह घटे भने बाँकी ११ समूहको सेयरमूल्य बढे।

जसअनुसार वाणिज्य बैंक समूहको ०.४३ प्रतिशत‚ विकास बैंक ०.७९‚ फाइनान्स २.८७ प्रतिशतले बढे। यसैगरी आज होटेल तथा पर्यटन समूह ०.२३ प्रतिशतले घट्यो।

जलविद्युत् ०.१३, लगानी ०.३२‚ जीवन बिमा ०.०४ प्रतिशतले बढ्यो। उत्पादन तथा प्रशोधन समूह भने ०.५१ प्रतिशतले घट्यो।

यसैगरी लघुवित्त ०.८४‚ म्युचुअल फन्ड ०.४५‚ निर्जीवन बिमा ०.१२‚ अन्य समूह ०.७७ प्रतिशत र व्यापार समूह ०.५४ प्रतिशतले बढ्यो। नेप्सेमा मंगलबार १४८ कम्पनीको मूल्य बढ्दा १०३ वटाको घट्यो। आठ कम्पनीका सेयरमूल्य भने स्थिर रहे।

मंगलबार जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य सबैभन्दा बढी ९.९७ प्रतिशतले उकालो लाग्यो। जीवन विकासको अन्तिम कारोबार मूल्य प्रतिकित्ता १‚४५६ रुपैयाँ कायम रह्यो। यसैगरी सबैभन्दा धेरै ८.४१ प्रतिशतले रुरु जलविद्युत् परियोजनाका लगानीकर्ताले सेयरमूल्य गुमाए। रुरुको अन्तिम कारोबार मूल्य प्रतिसेयर ६७५ रुपैयाँ कायम रह्यो। हिजो सोमबार भने रुरुको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको थियो।

यस्तै मंगलबार एसवाई प्यानल नेपाल लिमिटेडको सेयर कारोबार सबैभन्दा धेरै भयो। एसवाईको आज २४ करोड ८८ लाख ३६ हजार ९८६ रुपैयाँको सेयर किनबेच भयो। जसको अन्तिम कारोबारमूल्य प्रतिकित्ता १‚३०० रुपैयाँ कायम रह्यो।