काठमाडौँ
००:००:००
२४ पुष २०८२, बिहीबार

२२ पुष २०८२
अ+
अ-

काठमाडौँ। आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नवलपरासी (सुस्ता पश्चिम) क्षेत्र नम्बर १ बाट विजय कँडेल उम्मेदवार बन्ने भएका छन्।

कँडेल उज्यालो नेपाल पार्टीका संस्थापक केन्द्रीय सदस्य हुन्। उज्यालो नेपाल पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा एकीकरण भएसँगै उनले प्रत्यक्ष निर्वाचनमा उम्मेदवारी दिने तयारी गरेका हुन्।

युवा व्यवसायी कँडेलले उम्मेदवारी घोषणा गर्दै मुलुकको अर्थतन्त्र र कूटनीतिलगायत विषयमा सुधारका लागि चुनावी मैदानमा अघि बढेको बताउँछन्। “विगतमा निर्वाचित नेताहरुले जनताको प्रतिनिधि भएको बिर्सेर व्यक्तिगत स्वार्थमा लागेका कारण देश र जनताले दुःख पाए। त्यसैले हामीजस्ता व्यक्तिहरु राजनीतिमा होमिन बाध्य भएका हौँ,” उनको भनाइ छ। २०७९ को निर्वाचनमा उनले काठमाडौं क्षेत्र ५ बाट चुनावी प्रतिस्पर्धा गरेका थिए।