काठमाडौँ
००:००:००
२४ पुष २०८२, बिहीबार

राष्ट्रिय सभा निर्वाचन

आयोगद्वारा राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारहरुको सूची सार्वजनिक

२३ पुष २०८२
अ+
अ-

काठमाडौँ। निर्वाचन आयोगले आगामी ११ माघका लागि तय गरेको राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज (बुधबार) भएको उम्मेदवारी मनोनयनको सूची सार्वजनिक गरेको छ।

सार्वजनिक सूचीअनुसार १८ पदका लागि हुने निर्वाचनका लागि प्रदेशगत रूपमा विभिन्न दलका गरी ४४ उम्मेदवारले आवेदन दिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

उम्मेदवारीमाथि यही २४ पुसमा उजुरी दिन सकिने २५ र २६ गते उजुरीमाथि जाँचबुझ गरी नामावली प्रकाशन गर्ने, २७ गते उम्मेदवारी फिर्ता लिनसक्ने र २८ उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका छ।

राष्ट्रिय सभामा २० फागुनबाट १९ सांसद बिदा हुँदै छन् । त्यसमध्ये १८ सिटका लागि बुधबार मनोनयन भएको हो। सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत भएका वामदेव गौतम पनि बिदाइ हुँदै छन् । उनको ठाउँमा सरकारले सिफारिस गर्नेछ।

राष्ट्रिय सभा निर्वाचन : बागमती प्रदेशमा दुई सिटका लागि ६ जनाको उम्मेदवारी

निर्वाचनमा प्रदेशसभा सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता हुने कानुनी व्यवस्था छ। सोबमोजिम प्रदेशसभा सदस्य ५४५ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख एक हजार ४९८ गरी दुई हजार ४३ प्रारम्भिक मतदाता नामावली स्वीकृत भएको ती मतदातामध्ये प्रदेशसभाका सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १९ रहेको छ।

हेर्नुहोस् उम्मेदवारी मनोनयनको सूची :