काठमाडौँ
००:००:००
२४ पुष २०८२, बिहीबार

२३ पुष २०८२
अ+
अ-

काठमाडौँ। १५८ किलो गाँजासहित पर्सा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ठोरी गाउँपालिका ३‚ ब्रह्मनगरका ४२ वर्षीय छिरिङ दोङ छन्।

इलाका प्रहरी कार्यालय ठोरीको टोलीले मंगलबार राति १० बजे उनको घर तथा बाँझो खेतमा गाँजा फेला पारेको हो। प्रहरी उपरीक्षक सुदीपराज पाठकका अनुसार दोङको घरमा लुकाएर राखिएको ९५० ग्राम र घरबाट १५ मिटर उत्तर बाँझो खेतमा १६७ किलो गाँजा फेला परेको थियो।

गाँजा भण्डारण गरी बिक्री गर्न राखिएको भन्ने सूचनाका आधारमा प्रहरी पुगेको थियो। पाठकका अनुसार दोङमाथि अनुसन्धान भइरहेको छ।