काठमाडौँ। राष्ट्रिय सभाका लागि कोसी प्रदेशबाट नेपाली कांग्रेसका उम्मेदवार सुनीलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन्।
कोसीबाट अन्य समूहमा अरू कसैको पनि उम्मेदवारी नपरेपछि उनी निर्विरोध भएको निर्वाचन कार्यालयका सूचना अधिकारी तीर्थ अधिकारीले जानकारी दिए। थापाको प्रस्तावकमा उद्धव थापा र समर्थकनमा रेगिना भट्टराई थिए ।
उनका अनुसार थापाको एकल उम्मेदवारी परेको हो। निर्वाचित भएको घोषणा भने गरिएको छैन। उनले भने‚ “एकल उम्मेदवारी परेकाले सुनीलबहादुर थापा निर्विरोध नै निर्वाचित हुनुभएको हो। आधिकारिक घोषणा गर्न भने बाँकी छ।” ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस र नेकपा एमाले तालमेल गरेका छन्।
कांग्रेसले नौ, एमालेले आठ लिएका छन् भने एक सिटमा जसपाका महन्थ ठाकुरलाई दुवै दलले समर्थन गरेका छन्।