काठमाडौँ
००:००:००
२४ पुष २०८२, बिहीबार

दुर्घटना अपडेट

२३ पुष २०८२
अ+
अ-

काठमाडौँ। काठमाडौँको शंखरापुर नगरपालिका ३‚ लप्सीफेदीस्थित जहरसिंहपौवा-साँखु खण्डमा भएको बस दुर्घटना मृत्यु हुनेको संख्या चार पुगेको छ । दुर्घटनामा मृत्यु हुनेमा तीन महिला र एक पुरुष छन् ।

जहरसिंहपौवाबाट पिकनिक गरेर साँखुतर्फ फर्किने क्रममा महानगर यातायातको बा.४ख ८७८८ नम्बरको बस बुधबार साँझ दुर्घटनामा परेको थियो ।

दुर्घटनामा २७ जना घाइते भएका छन् । घाइतेमध्ये एक महिलाको अवस्था सिकिस्त छ । घाइतेहरूलाई उपचारका लागि विभिन्न स्वास्थ्य संस्थामा उपचारका लागि अर्थोपेडिक अस्पताल‚ शंखरापुर अस्पताल‚ एनएमसी‚ स्तूपा अस्पताल‚ टिचिङ अस्पताल‚ मूलपानी नगर अस्पताल‚ सुष्मा कोइराला अस्पताल‚ पिपुल्स लाइफ केयर अस्पताल गरी जम्मा आठवटा अस्पतालमा घाइतेहरूलाई पठाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।

उनले भने‚ “बस सडकबाट करिब १०० मिटर तल खस्दा दुर्घटना भएको छ। घटनास्थलबाट सबैलाई उद्धार गरी विभिन्न अस्पतालमा पठाइएको छ।” उनले बस दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए।