काठमाडौँ
००:००:००
२४ पुष २०८२, बिहीबार

२३ पुष २०८२
अ+
अ-

जनकपुर। नेकपा एमाले, नेपाली कांग्रेस र जसपा नेपालबीच मधेस प्रदेशमा गठबन्धन भए पनि राष्ट्रिय सभा निर्वाचनमा भने जसपा असन्तुष्ट देखिएको छ। गठबन्धनमा असन्तुष्ट बनेको जसपाले राष्ट्रिय सभा निर्वाचनमा तीन सिटमा उम्मेदवारी दर्ता गराएको छ।

जसपा नेपालले अल्पसंख्यक अपांगतातर्फ शैलेश चौधरी र चन्द्रकला साहले दलित र महिलातर्फ उम्मेदवारी दर्ता गराएका छन् । जसपा नेपालका सचिव शैलेन्द्रप्रसाद साहले पार्टीको अध्यक्ष उपेन्द्र यादव मुलुकबाहिर रहेको र सहमति हुन बाँकी रहेकाले तीन सिटमा उम्मेदवारी दिएको बताए।

गठबन्धनबीच सहमति जुटे दिइएको उम्मेदवारी फिर्ता लिने पनि उनको भनाइ छ। उनले मधेस प्रदेशमा एउटा सिट थप आफूहरूले पाउनुपर्ने दाबी गरेका छन्। गठबन्धन तर्फबाट अन्य कलस्टरमा महन्त ठाकुरले उम्मेदवारी दर्ता गराएका छन्। नेपाली कांग्रेस र नेकपा एमालेले भने गठबन्धनअनुसारै उम्मेदवारी दिएका छन्।

यो पनि…

राष्ट्रिय सभा सदस्यका लागि महन्थ ठाकुरले उम्मेदवारी दर्ता गराए