काठमाडौँ
००:००:००
२४ पुष २०८२, बिहीबार

२३ पुष २०८२
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। तीनवटा विकासे मन्त्रालयको जिम्मेवारी सम्हालेका कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा दिएका छन्।

उनले आज (बुधबार) राति उर्जा मन्त्रालयमा आकस्मिक पत्रकार सम्मेलन आयोजना गरी राजीनामा घोषणा गरेका हुन्। त्यसअघि उनले बालुवाटार गएर प्रधानमन्त्रीलाई राजीनामा बुझाएका थिए।

घिसिङले ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालय सम्हालेका थिए। घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी यही १४ पुसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकीकृत भएको थियो।

यो पनि…

प्रधानमन्त्रीसमक्ष कुलमान घिसिङले बुझाए राजीनामा

एकतापछि उनी रास्वपामा पहिलो वरीयताको उपसभापति भएका छन्। यो घटनाक्रमपछि प्रधानमन्त्री सुशीला कार्कीले घिसिङलाई राजीनामा दिन भनेकी थिइन् ।

घिसिङ जेन-जी आन्दोलनपछि बनेको सरकारमा ३० भदौमा मन्त्री नियुक्त भएका थिए।

हेर्नुहोस् मन्त्रालयमा घिसिङले गरेको पत्रकार सम्मेलनका थप तस्बिर :