काठमाडौँ
००:००:००
२४ पुष २०८२, बिहीबार

राष्ट्रिय सभा निर्वाचन

२३ पुष २०८२
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवार चयन प्रक्रियाप्रति असहमति जनाएका छन्। उनले सैद्धान्तिक रूपमा अन्य दलसँग गठबन्धन गर्ने विषयदेखि उम्मेदवार छनोट गर्ने सम्पूर्ण प्रक्रियासम्म आपत्ति रहेको बताए।

केन्द्रीय कार्यसम्पादन समितिको बुधबारको बैठकपछि सञ्चारकर्मीसँग उनले विधि र विधान मिचेर कांग्रेसले उम्मेदवार चयन गरेको आरोप लगाए। थापाका अनुसार पार्टीले स्थापित प्रक्रिया र आन्तरिक लोकतन्त्रलाई बेवास्ता गर्दै निर्णय गरेको धारणा राखे।

महामन्त्री थापाले कांग्रेस-एमाले गठबन्धनका नाममा नेताहरूले आफ्ना ‘गोजीका मान्छे’ उम्मेदवार बनाएको आरोप पनि लगाए। उनले भने, “तालमेल गर्ने कुरा यसरी मिलाइएको छ कि नेपाली कांग्रेस र एमालेभित्र आफ्ना-आफ्ना मान्छे जो-जोलाई बनाउनुपर्नेछ, त्यो-त्यो क्लस्टर आफ्नो भागमा पारिएको छ। राष्ट्रियसभा उम्मेदवार चयनको विषयले कांग्रेसमा असन्तुष्टि चुलिएको छ।