काठमाडौँ
००:००:००
२४ पुष २०८२, बिहीबार

२३ पुष २०८२
अ+
अ-

काठमाडौँ। राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा एमाले, जसपा नेपाल र नेपाली कांग्रेसको गठबन्धनबाट अन्य तर्फ लोसपाका अध्यक्ष महन्त ठाकुरले उम्मेदवारी दर्ता गराएका छन्।

ठाकुरको प्रस्तावकमा सो पार्टीका संसदीय दलका मधेस प्रदेशका नेता जयनुल र समर्थकमा रानीकुमारी शर्मा तिवारी छन्।

राष्ट्रिय सभा निर्वाचनका लागि आज मनोनयन पत्र दर्ता हुँदैछ। मधेस प्रदेशमा चारवटा सिट रहेका छन्। तीन दलमा नेपाली कांग्रेसले दुईटा नेकपा एमालेले एउटा र जसपा नेपालले एउटा सिट लिने गरी सहमति भएको छ।

सोही सहमति अनुसार ठाकुर उम्मेदवारी दर्ता गराएका हुन्।