ललितपुर। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ।
ललितपुर लुभुलामाटारस्थित लिङ्देन निवासमा आज विहान उनीहरुबीचमा भएको भेटघाटमा आसन्न प्रतिनिभिसभा निर्वाचन , समसामयिक राजनीतिक अवस्थालगायतका विषयमा कुराकानी भएको थियो।
भेटपछि सञ्चारमन्त्री खरेलले निर्वाचन सम्पन्न गर्न सरकारले सम्पादन गर्नुपर्ने काम उच्च प्राथमिकताका साथ गरिरहेको जानकारी दिए। सो अवसरमा राप्रपा अध्यक्ष लिङ्देनले निर्वाचनका लागि राप्रपा प्रतिबद्ध रहेको बताए।
निर्वाचनको वातावरणका लागि सरकारको प्रवक्ताको हैसियतले मन्त्री खरेलले यसअघि प्रमुख राजनीतिक दलका नेताहरुसँग निवासमै पुगेर भेटवार्ता गरेका थिए।