काठमाडौँ
००:००:००
२४ पुष २०८२, बिहीबार

२३ पुष २०८२
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेस र नेकपा एमालेसँग तालमेल हुन नसकेपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार तय गरेको छ।

कांग्रेस-एमालेसँग कम्तीमा चार सिट दाबी गरे पनि नपाएपछि नेकपाले सातै प्रदेशमा उम्मेदवारी दिन लागेको हो।

कोसीमा दलिततर्फ खेमराज सुन्दास, महिलातर्फ नमिता न्यौपाने र अन्यतर्फ दामोदर घिमिरेको नाम नेकपाले टुंग्याएको छ।

लुम्बिनीमा अन्यतर्फ बृहस्पति अधिकारी, अपांगतातर्फ सर्जन विक र महिलातर्फ दुर्गा भण्डारी, कर्णालीमा अन्यतर्फ बुद्धिप्रसाद शर्मा र महिलातर्फ अञ्जु महतराको नाम टुंगो लागेको छ।

सुदूरपश्चिममा अन्यतर्फ टीकाराम जैशी र महिलातर्फ रोजी बस्नेत सुनारको नाम टुंगो लागेको छ।

बागमतीमा अन्यतर्फ प्रेम सापकोटा,सरोजकुमारी झा (महिला) र मधेसमा दलित कोटाबाट शम्भु पासवान, अल्पसंख्यकबाट रामनन्दन प्रसाद, अन्यबाट लक्ष्मण पौडेल र मधेसी कोटाबाट समीकुमारी अग्रवालको नाम टुंगो लगाएको छ। नेकपाले गण्डकीमा अन्यतर्फ कपिल लामाको नाम टुंगाएको छ।