काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छप्रक्रियामा सहभागी हुन चाहनेहरुका लागि आवेदन दिने समय २६ गतेसम्म खुला रहने भएको छ ।
पार्टीको आन्तरिक उम्मेदवार छनौट प्रक्रियामा सहभागी हुन इच्छुक योग्यता पुगेका पार्टी सदस्यहरुलाई उम्मेदवार छनोट रूपरेखा बमोजिम आवेदन दिन रास्वपाले आग्रह गरेको छ ।
उम्मेदवारी राष्ट्रिय स्वतन्त्र पार्टीको मोबाइल एप मार्फत दिन सकिने उक्त पार्टीले जनाएको छ । आवेदन शुल्क २५ हजार तय भएको छ ।
योग्यता पुगेका पार्टी सदस्यहरुले आर्थिक अभावका कारण आवेदन शुल्क तिर्न नसक्ने अवस्था भएमा आफ्नो आवेदनसाथ निम्न कागजातहरू अनिवार्य रूपमा पार्टी केन्द्रीय कार्यालय वा इमेलमार्फत् ([email protected]) उम्मेदवार छनोट समितिमा पेश गर्नुपर्ने पनि रास्वपाले जनाएको छ ।