काठमाडौँ । वीरगंजमा दुई किशोरमाथि छुरा प्रहार भएको छ । वीरगंज महानगरपालिका वडा नम्बर १६ मा मंगलबार साँझ उनीहरू आगो ताप्दै बसेको बेला समूहमा आएका व्यक्तिहरूले कुटपिट गर्दै सामूहिक छुरा प्रहार गरेका हुन् ।
छुरा प्रहारबाट वीरज महतो र विकास कुमार महतो घाइते भएका छन् । मंगलबार साँझ उनीहरू आगो ताप्दै बसेको बेला समूहमा आएका व्यक्तिहरूले कुटपिट गर्दै छुरा प्रहार गरेका हुन् ।
घटनापछि दुवैलाई उपचारका लागि वीरगंजस्थित नारायणी अस्पतालमा भर्ना गरिएको छ। घाइतेहरूको उपचार भइरहेको छ । छुरा प्रहार गर्नेहरू फरार रहेको प्रहरीले जनाएको छ ।