काठमाडौँ
००:००:००
२५ पुष २०८२, शुक्रबार

२४ पुष २०८२
अ+
अ-

काठमाडौँ । नेपाल प्रहरीले १० प्रहरी उपरीक्षक (एसपी)हरुलाई वरिष्ठ प्रहरी उपरीक्षकमा बढुवा गरेको छ ।

नेपाल प्रहरी विशेष सुरक्षा गण कञ्चनपुरमा कार्यरत रामप्रकाश शाह एक नम्बरमा बढुवामा परेका छन् ।

यस्तै, भुवनेश्वर तिवारी, ऋषिराम कँडेल, सुरेश प्रसाद काफ्ले, श्याम सिंह चौधरी पनि क्रमशः बढुवा भएका छन् ।

यस्तै, नकुल पोखरेल, दिलीप घिमिरे, पदमबहादुर विष्ट, यागेन्द्र सिंह थापा र जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत एसपी सुवाचन्द्र बोहरा पनि दशौँ नम्बरमा एसएसपीमा बढुवा भएका छन् ।