काठमाडौँ
००:००:००
२५ पुष २०८२, शुक्रबार

२४ पुष २०८२
सर्वोच्च अदालत। तस्बिर : विक्रम राई
अ+
अ-

काठमाडौं। सर्वोच्च अदालतले काठमाडौँ उपत्यकाका मुख्य नदी किनारामा दायाँ-बायाँ थप २० मिटर सीमा कायम गर्ने भन्ने आदेशबारे पुनरवलोकन गर्ने भएको छ। यसका लागि ४ माघका लागि पेसी तोकेको छ।

न्यायाधीशहरू नहकुल सुवेदी, तिलप्रसाद श्रेष्ठ, श्रीकान्त पौडेलको पूर्ण इजलासले उपत्यकाका नदीहरूको पुरानो सर्भेको नक्सा झिकाउनेलगायत नौवटा आदेश गरेको छ। नदीको दायाँबायाँ बनाइएको सडकको सीमा के आधारमा गरिएको भन्ने एकिन विवरण पनि झिकाउने आदेशमा उल्लेख गरेको छ।

सर्वोच्चबाट यसअघि गरिएको फैसलामा उपत्यकाका नदीमा किनारामा दुवैतिर थप २० मिटर छाड्न परमादेश जारी भएको थियो। त्यसविरुद्धमा फैसला पुनरावलोकनको माग गर्दै सर्वोच्चमा निवेदन दर्ता भएको थियो। सर्वोच्चले विषयवस्तुको गाम्भीर्यलाई मध्यनजर गर्दै ४ माघमा पेसी तोक्ने आदेश गरेको प्रवक्ता अर्जुन कोइरालाले बताए।