काठमाडौँ। प्रहरीले रोजगारीका लागि बेलायत पठाउने भन्दै २८ लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।
पक्राउ पर्नेमा ललितपुर महानगरपालिका १६ घर भई अहिले मध्यपुर थिमि नगरपालिका २ बस्ने ३४ वर्षीय अमन महर्जन रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए। पीडितहरुको उजुरीका आधारमा उनलाई पक्राउ गरी आज (बिहीबार) सार्वजनिक गरिएको हो।
मध्यपुर थिमि २ बाट पक्राउ परेका महर्जनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरी उपरीक्षक भट्टले बताए।