काठमाडौँ
००:००:००
२५ पुष २०८२, शुक्रबार

२०८४ मंसिरमा सक्ने लक्ष्य

२४ पुष २०८२
अ+
अ-

काठमाडौँ। सुन्धारास्थित बागदरबारको प्रबलीकरण (रेट्रोफिटिङ) ले तीव्रता पाएको छ। पहिले यहाँ महानगरपालिका कार्यालय थियो। कार्यालय कमलादी सरेपछि सुन्धारास्थित बागदरबारमा महानगर प्रहरी बसिरहेको छ।

भवन पुरानो भएकाले कतै भत्किएको छ। कतै चर्किएको छ। २०७२ सालको भूकम्पले बागदरबार जीर्ण बनेको हो। लामो समयसम्म बागदरबारलाई भत्काएर नयाँ बनाउने वा प्रबलीकरण गर्ने भन्ने छलफल चलेको थियो। अन्ततः प्रबलीकरण गर्ने सहमति भएपछि अहिले यसको काम तीव्र रूपमा भइरहेको छ।

प्रबलीकरणको ठेक्का ३६ करोड ९० लाख रुपैयाँमा तीनवटा कम्पनीले संयुक्त रुपमा लिएका छन्। २५ मंसिर २०८२ मा ठेक्का सम्झौता भएको यसको निर्माण सम्पन्न अवधि १५ मंसिर २०८४ सम्म छ।

हेर्नुहोस् नेपाल फोटो लाइब्रेरीका सफलप्रकाश श्रेष्ठले खिचेका थप तस्बिर :