काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक पार्टी मुख्यालय सानेपामा सुरु भएको छ।
महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले २७ र २८ पुसमा विशेष महाधिवेशन बोलाएपछि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको हो।
बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का‚ उपसभापति धनराज गुरुङ‚ महामन्त्री गगनकुमार थापालगायत उपस्थित छन्। अर्का महामन्त्री विश्वप्रकाश शर्मा भने अनुपस्थित छन्।
कांग्रेसको संस्थापन पक्षले भोलि (शुक्रबार) भने केन्द्रीय सदस्यहरूको भेला बोलाएको छ।