काठमाडौँ। नेकपा माओवादी केन्द्रका प्रदेश सांसद एवं नेता रहबर अन्सारीले दल त्यागेको घोषणा गरेका छन्।
माओवादीबाट प्रदेश सांसद बनेका अन्सारीले पुष्पकमल दाहाललाई लालसलाम भन्दै बिहीबार पार्टी त्यागेको घोषणा गरे।
पार्टी त्याग गरिएको पत्रमा उनले सुरुआतमै चारलाइनको रातो अक्षरले कवितासमेत लेखेका छन्। रहबरले पत्रको बोधार्थ भने जनयुद्धका सहिद परिवार लगायतलाई दिएका छन्।
