काठमाडौँ। भारतको सिक्किम राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ अहिले काठमाडौँमा छन्। तामाङ बिहीबार साँझ नयाँदिल्ली हुँदै एयर इन्डियाको नियमित जहाजबाट काठमाडौँ आइपुगेका हुन्।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले मुख्यमन्त्री तामाङको भ्रमण व्यक्तिगत भएकाले अन्य कुनै औपचारिक कार्यक्रम नरहेको जानकारी दिए। उनले भने, “उहाँ व्यक्तिगत भ्रमणमा काठमाडौँ आउनुभएको जानकारी छ।”