काठमाडौँ
००:००:००
२५ पुष २०८२, शुक्रबार

२४ पुष २०८२
अ+
अ-

काठमाडौं। इंग्लिस प्रिमियर लिग अन्तर्गत बिहीबार बिहान सम्पन्न खेलमा टोटनह्याम बोर्नमाउथसँग पराजित भएको छ।

गएराति भएको खेलमा टोटेनहम बर्नमाउथसँग ३–२ गोलले पराजित भएको हो। खेलको पाँचौं मिनेटमा नै म्याथिस टेलले गोल गर्दै टोटेनहमलाई सुरुवाती अग्रता दिलाएका थिए।

खेलको ५ औँ मिनेटमै माथिस टेलले गोल गर्दै टोटनह्यामलाई १–० को अग्रता दिलाएका थिए। २२ औँ मिनेटमा बोर्नमाउथका इवानिल्सनले गोल गर्दै खेल बराबरीमा ल्याए। पहिलो हाफको अन्त्यतिर एली जुनियर क्रौपीले गोल गरेपछि बोर्नमाउथ २–१ ले अघि बढ्यो।

७८ औँ मिनेटमा टोटनह्यामका जोआओ पालिन्हाले गोल गर्दै खेललाई २–२ को स्थितिमा पुर्‍याए। तर, खेल सकिनै लाग्दा इन्जुरी समयमा एन्टोनि सेमेन्योले गोल गर्दै बर्नमाउथलाई रोमाञ्चक जित दिलाए ।

यो नतिजापछि टोटेनहम २१ खेलबाट २७ अंकका साथ तालिकाको १४ औं स्थानमा छ भने बर्नमाउथ २६ अंकका साथ १५ औं स्थानमा छ।