काठमाडौँ
००:००:००
२५ पुष २०८२, शुक्रबार

२४ पुष २०८२
अ+
अ-

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीसँग नेकपा एमालेका अध्यक्ष केपी ओलीले झन्डै तीन घण्टा छलफल गरेका छन्।

बालुवाटरमा बिहीबार दिउँसो भएको दुईपक्षीय छलफल समसामयिक राजनीति र निर्वाचनकेन्द्रित रहेको बताइएको छ।

छलफलमा एमाले तोकिएकै समयमा निर्वाचन हुनुपर्ने पक्षमा रहेको ओलीले बताएका थिए। उनले आफूहरू निर्वाचनको तयारीमा रहेको पनि प्रधानमन्त्री कार्कीलाई सुनाएको थिए।

२३ र २४ भदौको जेन-जी आन्दोलनपछि बालुवाटारबाट ओली विस्थापित भएका थिए भने कार्की आएकी थिइन्। राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा ८ पुसमा प्रधानमन्त्री कार्कीसँग ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालबीच शीतलनिवासमा पहिलोपटक भेटवार्ता भएको थियो।

जेन-जी आन्दोलनबाट प्रधानमन्त्री बनेकी कार्की सुरुका केही महिना तीन शीर्ष नेताहरुसँग भेट्न अनिच्छुक थिइन्। यसले चुनावी वातावरण नबन्ने भन्दै आलोचना हुन थालेपछि उनी भेट्न तयार भएकी थिइन्।