काठमाडौं। नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गर्ने भनेको पत्रकार सम्मेलन स्थगित भएको छ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेता शेखर कोइरालासहित केन्द्रीय नेताहरूलाई सँगै राखेर आज दिउँसो १ बजे सानेपामा गर्न लागेको पत्रकार सम्मेलन स्थगित भएको हो।
मुख्यसचिव कृष्णप्रसाद पौडेलले मध्याह्न पौने १२ बजे विज्ञप्ति निकालेर पत्रकार सम्मेलन स्थगित गरिएको जानकारी दिए।
सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापतिसहित अधिकांश संस्थापन पक्षको विरोधबीच महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस २७ र २८ गते विशेष महाधिवेशन आह्वान गरेका छन्।