२५ पुष २०८२
अ+
अ-

काठमाडौँ । मुस्ताङको घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकालाई उर्जा योजना हस्तान्तरण गरिएको छ । जर्मन सहयोग नियोग (जिआइजेड) र युरोपेली युनियनको आर्थिक तथा प्राविधिक सहयोगमा गाउँपालिकाले तयार गरेको गाउँरनगरपालिका ऊर्जा योजना (एमईपी) पुस २३ गते हस्तान्तरण गरिको हो ।

नेपालस्थित युरोपियन युनियन प्रतिनिधिमण्डलका सिनियर परियोजना प्रबन्धक डा. रञ्जन प्रकाश श्रेष्ठ, जर्मन सहयोग नियोग (जिआइजेड) नेपालका कार्यक्रम प्रबन्धक डा. फ्रान्क फेचरले वरागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिन्जेन नाम्गेल गुरुङ तथा घरापझोङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लाल्छनलाई योजना हस्तान्तरण गरेका हुन् ।

स्थानीय तहको पालिका उर्जा योजनाद्वारा स्वच्छ र दक्ष उर्जा योजनाको व्यवस्थित कार्यक्रम तर्जुमा, कार्यान्वयन र अनुगमन गर्नुका साथै स्वच्छ उर्जाका सेवाहरुमा पहँुच बढाउने तथा उर्जा सम्वन्धि लगानीका स्रोतहरु पहिचान गरेर तथ्यमा आधारित नीति निर्माण, कार्ययोजना र मूल्यांकनमा सहयोग पु¥याउने उद्देश्यले यहाँको घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका लागि उर्जा योजना तयार गरिएको हो ।

जिआईजेड परियोजना अन्तर्गत मुस्ताङ्गयहाँका दुई पालिकामा सम्वन्धि प्राविधिक विशषेज्ञद्धारा फिल्ड सर्वेक्षण गरेर विस्तृत अध्ययन मार्फत पञ्चवर्षीय उर्जा योजना निर्माण गरिएको हो । नेपालमा दिगो ऊर्जामार्फत पुनःप्राप्ति एवं सशक्तिकरण (रिप ग्रिन) परियोजनाको प्राविधिक सहयोग, जर्मन सहयोग नियोग (जिआइजेड) नेपालले अन्तर्गत युरोपियन युनियन र जर्मन संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालय (बिएमजेड)ले योजनामा सहयोग गरेको छ ।

स्थानीय र सरोकारवालाहरूसँग व्यापक परामर्शमार्फत तयार गरेको यो योजनाहरूले मुस्ताङका दुई गाउँपालिकामा रहेको ऊर्जा सम्बन्धी चुनौतीहरू सामना गर्नका लागि व्यावहारिक मार्गचित्र देखाउने छन् । योजनाले सामाजिक–आर्थिक विकास, जलवायु सहनशीलता, ग्रिड विद्युतको उत्पादनमूलक उपयोग तथा नवीकरणीय ऊर्जा प्रविधिहरूको व्यापक अपनत्वलाई प्रवद्र्धन गर्ने विश्वास गरिएको छ । यसले स्थानीय समुदायहरूलाई आफ्नै विकास र समृद्धि अघि बढाउन सशक्त बनाएको गाउँपालिकाले जनाएको छ ।

दातृ निकायको आर्थिक तथा प्राविधिक सहयोगमा जेआईजेट परियोजनाद्वारा घरपझोङ र वारागुङ मुक्तिक्षेत्रमा उर्जा क्षेत्रको सम्भावना, चुनौती, यसको व्यवस्थापन कार्ययोजनाको प्रस्तावित पालिका उर्जा योजना निर्माण गरिएको हो ।

प्रस्तावित पालिका उर्जा योजनामा घरायसी स्तरको विद्युत प्रयोगमा गुणस्तरीयता कायम गर्ने, परम्परागत रुपमा संञ्चालन भएका घरायसी चुल्होको विकल्पमा स्वच्छ उर्जामैत्री उपकरणको प्रर्वद्धन गर्ने र गुणस्तरीय उर्जा खपत कम गर्ने उपकरण प्रयोग गर्न समुदायलाई प्रोत्साहित गर्ने लगायतको योजना समेटिएका छन् ।

“योजना हाम्रा लागि सस्तो र सुलभ छ। यसले स्थानीयलाई लाभ गराउने छ। ऊर्जा संकटको समाधानतर्फ अगाडि बढाउन मद्दत गरेको छ,” वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष रिङजीन नामगेल गुरुङ भन्छन्, “यो योजनालाई सरकारी निकायहरू र विकास साझेदारहरूसँग सहकार्य गरेर कार्यान्वयन गर्ने छौँ ।”

योजनाले कसमुदाय र व्यवसायिक तहमा स्थानीय स्रोत साधनको अधिकत उपयोग र दिगो व्यवस्थापनका लागि स्वच्छ उर्जाको प्रयोग मार्फत बढाउने र रोजगारीको सृजना गर्ने विश्वास लिइको छ ।

स्थानीय स्तरमा उत्पादित कच्चा पदार्थहरुलाई विविधिकरण गरेर व्यवसायिकता प्रदान गर्न नवीकरणीय उर्जाको प्रयोग बढाउने र दिगो पर्यटन प्रर्वद्धनका लागि स्वच्छ उर्जाको अधिकतम प्रयोग गर्ने गरी पालिका उर्जा योजना निर्माण गरिएको हो ।

संस्थागततर्फ उर्जा प्रर्वद्धनका लागि आवश्यक नीतिहरु निर्माण गर्ने, प्रविधिमैत्री उर्जाको प्रर्वद्धन गरी आर्थिक,सामाजिक विकायमा टेवा पु¥याउने, उर्जा दक्षता र पहुँच वृद्धि सम्वन्धि कार्यक्रम संञ्चालन गर्ने र कर्मचारी तथा जनप्रतिनिधिहरुको उर्जा प्रर्वद्धन सम्वन्धि क्षमतालाई अभिवृद्धि गर्ने लगायतका कार्यक्रम समेटिएका छन् ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका लागि पञ्चवर्षीय उर्जा योेजना कार्यान्वयनका गर्न १४ करोड ७२ लाख रुपैया बराबरको खर्च लाग्ने प्रस्तावित योजना तयार गरिएको हो भने घरपझोङ गाउँपालिकामा २१ करोड ८८ लाख लागतको पञ्चबर्षीय उर्जा योजना बनेको हो ।

दुई पालिकामा तयार पारिएको उर्जा योजनाले गाउँपालिका भित्रका उर्जा क्षेत्रमा विद्यमान रहेका सम्भावनाहरुलाई कार्यक्रम मार्फत समेट्दै आर्थिक स्रोतको व्यवस्थापन र कार्यान्वयन प्रक्रियामा लैजान सहज हुने युरोपेली युनियनका कार्यक्रम व्यवस्थापक रञ्जनकुुमार श्रेष्ठ बताउँछन् । हस्तान्तरण गरिएको उर्जा योजना गाईड लाईन भएकाले यही माध्यमबाट संघ, प्रदेश र वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रलगायतका संस्थाहरुबाट समेत सहयोग हुने श्रेष्ठको भनाइ छ ।

पाँच वर्षीय गाउँ/नगरपालिका ऊर्जा योजना (एमईपी)ले गाउँपालिकाको उर्जाको अवस्था, प्राथमिकता र लगानीको आवश्यकतालाई राम्रोसँग निहालिदिएको घरापझोङ गाउँपालिकाकाका अध्यक्ष मोहन सिंह लालचनले बताउँछन् । यसले सरकारी निकाय र विकास साझेदारहरुसँग साझेदारीका लागि बलियो जग बसालेको लालचनको भनाइ छ ।

नेपालमा दिगो ऊर्जामार्फत पुनःप्राप्ति एवं सशक्तिकरण (रिप ग्रिन) परियोजनाले सहयोगमा २१ दिने हाउस वाइरिगं तालिमले स्थानीय युवाहरुलाई जीविकोपार्जन गराउने र विद्युतीय सुरक्षामा सहयोग हुने बताए ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिन्जिन नाम्गेल गुरुङले गाउँपालिकामा हाल उर्जा संकट रहेकाले यो योजनामार्फत उर्जा व्यवस्थापन र जोखिम न्यूनिकरण गर्न सहज हुने बताए । गाउँपालिकाले यसै योजनामा रहेको उर्जामैत्री भवनको कार्ययोजनालाई अघि बढाउने उनको जोड छ ।
घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनको भनाइ पनि यस्तै छ। गाउँपालिकामा खेर गईरहेका उर्जाहरुलाई प्रयोग गरी उर्जा संकट न्यूनिकरण गर्न सकिने भएकाले पाँच वर्षे गाईड लाईन योजनाले सहयोग गर्ने बताउँछन् ।

“ऊर्जा योजना महत्वपूर्ण छ। यो स्थानीय जनताले अपनत्व लिएपछि यसको कार्यान्वयन प्रभावकारी हुनसक्छ। योजना सफल हुनसक्छ,” डा. रञ्जन प्रकाश श्रेष्ठले भने, “यी योजनाहरूले आयातित इन्धनमा निर्भरता घटाउन, घरेलु ऊर्जा लागत कम गर्न, र मुस्ताङका संवेदनशील उच्च पहाडी समुदायहरूको जलवायु सहनशीलता बलियो बनाउन सक्छन् ।”

पालिका उर्जा योजना कार्यक्रमको घरपझोङ गाउँपालिकामा सौर्य तापीय उर्जा प्रणालीसहितको उर्जा प्रवलिकरण गरिएको कार्यकक्षको उद्घाटन गरिएको हो ।

युरोपेली युनियन अन्तर्गत विन परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको उर्जा प्रवलिकरण कार्यकक्षको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन र युरोपेली युनियनका कार्यक्रम व्यवस्थापक रञ्जनकुमार श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

प्रवलिकरण कार्यकक्ष निर्माणसँगै पालिकामा कार्यरत कर्मचारीले अत्यधिक चिसो याममा समेत रहेर कार्यसम्पादन गर्न सकिने बताईएको छ
हस्तान्तरण कार्यक्रममा घरापझोङ गाउँपालिकाको ऊर्जा–अपग्रेड कक्षमा योजनाको उद्घाटन गरिएको थियो । जुन युरोपियन युनियनको वित्तीय सहयोगमा नेपालमा बिल्डिङ ऊर्जा दक्षता (द्यभ्भ्ल्) परियोजनाअन्तर्गत कार्यान्वयन गरिएको हो ।

नेपालमा दिगो ऊर्जामार्फत पुनःप्राप्ति एवं सशक्तिकरण (रिप ग्रिन) परियोजनाले नेपाललाई नवीकरणीय ऊर्जा र ऊर्जा दक्षतालार्य प्रवर्धन गरेको छ । यसले हरित पुनःउद्धार र दिगो विकास प्रवद्र्धन गरेको छ। यो हस्तान्तरणले स्थानीय सरकारहरूलाई उनीहरूको विशिष्ट आवश्यकताअनुसार सफा ऊर्जा पहलहरूको नेतृत्व गर्न सशक्त बनाउने एक महत्वपूर्ण पहल गरेको स्थानीयको बुझाइ छ ।

परियोजनाले अन्य गतिविधिहरूका साथै ५० भन्दा बढी स्थानीय तहमा ऊर्जा योजनाले तयार गर्न प्राविधिक सहयोग प्रदान गरेको छ साथै, सामाजिक–आर्थिक विकासका लागि नवीकरणीय ऊर्जा समाधानहरूको प्रवद्र्धन गर्दै सार्वजनिक तथा निजी क्षेत्रका साझेदारहरूसँग सहकार्यमा विभिन्न नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता सम्बन्धी पहलहरू कार्यान्वयन गरेको छ ।