काठमाडौँ
००:००:००
२५ पुष २०८२, शुक्रबार

२५ पुष २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

जनकपुरधाम । सर्लाहीको सागरनाथ वन विकास परियोजनाका एक वन हेरालुको हत्या प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार घटनामा संलग्न भएको आशंकामा ईश्वरपुर नगरपालिका–२ राईटरखोट टोल निवासी रुपनारायण महतोका छोरा रामवली महतोलाई पक्राउ गरिएको हो।

प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय सर्लाही तथा इलाका प्रहरी कार्यालय केशरगञ्जबाट खटिएको टोलीले घटनास्थल आसपास सूक्ष्म रूपमा अवलोकन गर्दा घटनास्थलबाट करिब ७७ मिटर पूर्वतर्फ NEKISOO लेखिएको कालो रंगको एक जोर चप्पल र रगत लागेको बन्चरो फेला पारेको थियो। स्थानीय व्यक्तिहरूको भनाइअनुसार यस्तै चप्पल रामवली महतोले लगाउने गरेको र जंगलमा काठ–दाउरा काट्न जाँदा यही बन्चरो बोकेर जाने गरेको खुलेको प्रहरीले जनाएको छ।

त्यसपछि प्रहरीले तत्कालै शंकास्पद व्यक्तिको घरमा पुग्दा घरअगाडि नै रामवली महतो फेला परेका थिए। उनलाई नियन्त्रणमा लिई घर खानतलासी गर्दा सुत्ने कोठाभित्र काठको ह्याङ्गरमा झुन्ड्याइएको ज्याकेट र जिन्स पाइन्ट फेला परेको थियो, जसको अगाडिको भागमा रगत जस्तो देखिने रातो दाग तथा छिटा रहेका कारण ती कपडा कानुन बमोजिम बरामद गरिएको प्रहरीले जनाएको छ।