काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा दुई हजार एक सय रुपैयाँले बढेर दुई लाख ६७ हजार ८ सय रुपैयाँ कायम भएको छ। हिजो प्रतितोला छापावाला सुनको भाउ तोलामा २ लाख ६५ हजार ७ सय रुपैयाँमा किनबेच भएको थियो।
यस्तै, बिहीबार चाँदीको मूल्य भने घटेको छ। बिहीबार तोलामा चार हजार आठ सय ३५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार चार हजार सात सय ८० रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५५ रूपैयाँ घटेको हो।