काठमाडौँ
००:००:००
२५ पुष २०८२, शुक्रबार

२५ पुष २०८२
अ+
अ-

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले आज केन्द्रीय सदस्यहरूको बैठक आयोजना गर्ने भएको छ। पार्टी सभापति शेरबहादुर देउवासँग बिहीबार भएको छलफलपछि संस्थापन समूहले केन्द्रीय सदस्यहरूलाई भेला गराउने निर्णय गरेको हो।

संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको बैठक शुक्रबार बिहान साढे १० बजे नयाँ बानेश्वरमा बस्ने तय गरिएको छ। बैठकमा पार्टीको वर्तमान राजनीतिक अवस्था र संगठनात्मक विषयमा छलफल हुने बताइएको छ।

यसअघि पनि संस्थापन समूहले शीर्ष नेताहरूको सहभागितामा पटक–पटक केन्द्रीय सदस्यहरूको भेला आयोजना गर्दै आएको थियो। उनीहरूले निर्वाचनअघि महाधिवेशन आयोजना गर्नु उपयुक्त नहुने धारणा सार्वजनिक रूपमा राख्दै आएका छन्।

आजको भेलाले पार्टीको आगामी रणनीति र आन्तरिक छलफललाई थप स्पष्ट दिशा दिने अपेक्षा गरिएको छ।