२५ पुष २०८२
अ+
अ-

विराटनगर। मोरङको विराटनगर महानगरपालिका–१५ बाट लागू औषध गाँजा बेचबिखनमा संलग्न आमा–छोरासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

पुस २४ गते विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले भारतीय नागरिक कबिता यादवले सञ्चालन गर्दै आएको होटलमा छापा मारेको थियो। छापाका क्रममा होटलबाट ७ किलो १८० ग्राम गाँजा बरामद भएको प्रहरी उपरीक्षक कवित कटवालले बताए।

यादवसँगै उनका छोरा मुन्नाकुमार यादव र बेचबिखनमा संलग्न मोरङको जहदा गाउँपालिका–१ निवासी मञ्जित कुमार यादवलाई पक्राउ गरिएको कटवालले बताए।

पक्राउ परेकामाथि लागुऔषध मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।