काठमाडौँ
००:००:००
२५ पुष २०८२, शुक्रबार

२५ पुष २०८२
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी (म्यादी प्रहरी)को भर्ना खुलेसँगै युवाहरू फारम भर्न लागिपरेका छन्। शुक्रबार बिहानैबाट भद्रकालीस्थित काठमाडौँ प्रहरी परिसरमा फारम भर्ने युवाहरूको लामो ताँती लागेको छ।

यसपटकको निर्वाचनमा एक लाख ३३ हजार ९८० जना म्यादी प्रहरी भर्ना गर्ने तयारी छ। देशभरका जिल्ला प्रहरी कार्यालयबाट सार्वजनिक बिदाको दिनसमेत बिहान १० देखि ४ बजेसम्म दरखास्त हाल्न पाइन्छ। फारम भर्ने अन्तिम दिन माघ १ गते रहेको छ।

निर्वाचन प्रहरीको कार्यावधि नियुक्ति पाएको दिनबाट ४० दिनको हुनेछ। साथै प्रहरी जवानको सुरु तलब स्केलसरह उनीहरूले दिनको ८६९.४० रुपैयाँका दरले ४० दिनको ३४ हजार ७७६ रुपैयाँ रकम पाउनेछन्।