२६ पुष २०८२
अ+
अ-

काठमाडौं। नेपाली कांग्रेसले वरिष्ठ पत्रकार एवं पूर्वमन्त्री होमनाथ दाहालको निधनमा शोक प्रस्ताव पारित गरेको छ।

निबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले उक्त निर्णय गरेको हो।

बैठकले पुस २६, २७ र २८ गतेसम्म केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयहरूमा झन्डा आधा झुकाउने, १३ दिनसम्म शोक पुस्तिका राख्ने तथा १३ औँ दिन ओखलढुङ्गामा शोकसभा आयोजना गर्ने निर्णय पनि गरेको छ।

दाहाल २०५६ को आम निर्वाचनमा ओखलढुंगा निर्वाचन क्षेत्र नम्बर एकबाट नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका थिए। साथै उनले कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी समेत सम्हालेका थिए। दाहालले पार्टीका विभिन्न जिम्मेवारीमा रहेर नेपाली कांग्रेसको संगठन विस्तार र नेपालको लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बताए।