२६ पुष २०८२
६ मंसिरमा सानेपामा बसेको कांग्रेस केन्द्रीय समिति बैठक।
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ।

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले शनिबार बिहान सूचना जारी गर्दै केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएका हुन्।

बैठक बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ।

बैठकमा सहभागी हुन केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूलाई निर्देशन दिइएको छ।

महामन्त्रीहरुले विशेष महाधिवेशन बोलाएर प्रक्रिया अघि बढाएपछि त्यसबारे निर्णय लिन बैठक बस्न लागेको स्रोतको भनाइ छ।