२६ पुष २०८२
अ+
अ-

काठमाडौं । नेपाली कांग्रेसले पूर्व केन्द्रीय सदस्य तथा वरिष्ठ पत्रकार होमनाथ दाहालको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ। शनिबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको आकस्मिक केन्द्रीय कार्यसमिति बैठकले दाहालको निधनलाई पार्टीका लागि अपूरणीय क्षति भएको ठहर गरेको हो।

दाहाल लोकतान्त्रिक आन्दोलनका अगुवा, पूर्व सांसद तथा कृषि तथा सहकारी मन्त्री थिए। सम्मानस्वरूप कांग्रेसले पुस २६ देखि २८ गतेसम्म पार्टीका सबै तहका कार्यालयमा झण्डा आधा झुकाउने, पुस २७ गते कार्यालय बन्द गर्ने र १३ दिन शोक पुस्तिका राख्ने निर्णय गरेको छ।