काठमाडौँ
००:००:००
२७ पुष २०८२, आईतवार

२६ पुष २०८२
अ+
अ-

नयाँदिल्ली। भारतको ओडिसास्थित राउरकेलानजिकै निजी एयरलाइन्सको विमानको दुर्घटना भएको छ। अवतरणका क्रममा भएको विमान दुर्घटनामा ६ जना घाइते भएका छन्।

समाचार एजेन्सी पीटीआईका अनुसार ओडिसाका वाणिज्य तथा यातायातमन्त्री बीबी जेनाले शनिबार राउरकेलानजिकै निजी एयरलाइन्सको सानो विमानको दुर्घटना भएको बताए।

उनका अनुसार यात्रुलाई सामान्य चोटपटक लागेको छ। उनीहरूको अवस्था स्थिर छ। उनले विमान ए-१ श्रेणीको नौवटा सिट भएको पनि जानकारी दिए।

पीटीआईका अनुसार, विमानमा ६ यात्रु थिए। दुर्घटना राउरकेलाबाट १० किलोमिटर टाढा रहेको जालदा क्षेत्रमा भएको बीबीसी हिन्दीले समाचारमा उल्लेख गरेको छ।

बिजु पटनायक अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक प्रशन्न प्रधानले भने‚ “विमान भुवनेश्वरबाट राउरकेला जाँदै थियो। यो राउरकेलाबाट १० किलोमिटर टाढा दुर्घटनाग्रस्त अवतरण भयो। विमानमा चार यात्रु र दुई चालक दलका सदस्य थिए। सबै सुरक्षित छन्।”