काठमाडौँ
००:००:००
२७ पुष २०८२, आईतवार

२७ पुष २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

सिरहा। सिरहाको सीमा क्षेत्रमा सशस्त्र प्रहरीले स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म मुख्यालय इनर्वाबाट खटिएको टोलीले आज (आइतबार) दिउँसो १ बजे दशगजानजिक भारतबाट नेपालतर्फ आउँदै गरेका भगवानपुर ३‚ मरिकटोलका २४ वर्षीय देवनाथ यादवलाई पक्राउ गरेको हो।

जाँचका क्रममा यादवको साथबाट स्रोत नखुलेको नेपाली रुपैयाँ १० लाख तीन हजार ९९० रुपैयाँ नगद र साथमा उनले प्रयोग गरेको मोटरसाइकल र एकथान मोबाइल पनि बरामद गरिएको छ।

नियन्त्रणमा लिइएका यादव तथा बरामद नगद र सामग्रीहरू आवश्यक कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालय बुझाउने प्रक्रिया अगाडि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।

यस विषयमा सशस्त्र प्रहरी बल सिरहाका प्रमुख (सशस्त्र प्रहरी उपरीक्षक) नरेश भण्डारीले सीमा क्षेत्रमा अवैध रकम तथा ओसारपसार नियन्त्रणका लागि निगरानी र सुरक्षा जाँचलाई थप कडाइ गरिएको जानकारी दिए।