काठमाडौँ
००:००:००
२७ पुष २०८२, आईतवार

चुनावचिह्न ढल्केको छाता

२७ पुष २०८२
अ+
अ-

काठमाडौँ। जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरबीच पार्टी एकीकरणको सम्झौता भएको छ।

जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच आइतबार पार्टी एकीकरण भएको हो।

जसपा नेपालका अध्यक्ष यादव र लोसपा अध्यक्ष ठाकुरबीच एकीकरण सम्झौतामा हस्ताक्षर भएको छ। दुई पार्टीबीच बाह्रबुँदे सम्झौतामा हस्ताक्षर भएको छ।

यो पनि…

उपेन्द्र-महन्थको पार्टी एकीकरण

पार्टीको संरक्षकमा ठाकुर रहनेछन् भने अध्यक्षमा यादव रहनेछन्। ठाकुर पहिलो वरीयातामा र यादव दोस्रो वरीयतामा रहनेछन्। एकीकरणपछि पार्टीको नाम जसपा नेपाल र चुनाव चिह्न छाता रहनेछ।

जनता समाजवादी पार्टी, नेपाल एकीकृत रूपमा सञ्चालन गर्न एक केन्द्रीय समन्वय समिति रहनेछ। केन्द्रीय समन्वय समिति ४३ सदस्यीय रहनेछ र केन्द्रीय समन्वय समितिले आफू मध्येबाट ११ सदस्यीय सचिवालय गठन गर्ने जारी विज्ञप्तिमा उल्लेख छ।

दुवै पार्टीमा रहेको केन्द्रीय समिति समायोजन नहुन्जेलसम्मका लागि केन्द्रीय समन्वय समिति पार्टीको संगठन संञ्चालन, परिचालन, निर्देशन तथा निर्णायक समिति हुनेछ।

साथै २१ फागुन २०८२ मा हुने प्रतिनिधिसभाको उम्मेदवारका लागि पेस गरिने मनोनयन पत्रमा समन्वय समितिबाट हुने निर्णयानुसार हस्ताक्षर ठाकुर र यादवले संयुक्त रूपमा गर्ने सहमति भएको छ।

ठाकुर र यादवबीच पार्टी एकताको सम्झौता गत १३ पुसमै भएको थियो। दुवै पार्टीका शीर्ष नेता तथा पदाधिकारीको संयुक्त बैठकले देशको वर्तमान राजनीतिक परिस्थितिको विश्लेषण गर्दै पार्टी एकीकरणको निर्णय गरेको थियो। विगतमा एउटै पार्टीमा रहेर पछि विभाजित भएका यादव र ठाकुर पुन: एकीकृत भएका हुन्।