काठमाडौँ
००:००:००
२८ पुष २०८२, सोमबार

विशेष महाधिवेशन

२८ पुष २०८२
नेपाली कांग्रेस विशेष महाधिवेशनस्थल। तस्बिर : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु भएको छ। भृकुटीमण्डपमा सोमबार मध्याह्न १२ बजेबाट बन्दसत्र सुरु भएको हो।

बन्दसत्रमा महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहेका छन्। उनले ‘बदलिएको देश/बदल्नुपर्ने कांग्रेस सद्भाव र समुन्नतिको नवीन यात्रा’ शीर्षकमा राजनीतिक प्रतिवेदन पेस गरिरहेका छन्।

शर्मापछि अर्का महामन्त्री गगन थापाले सांगठानिक प्रतिवेदन पेस गर्ने कार्यतालिका छ।

बन्दसत्रले ध्वनि मतद्वारा प्रतिवेदन पारित गर्ने कार्यतालिका रहेको विशेष महाधिवेशन सचिवालयले जनाएको छ।