काठमाडौँ
००:००:००
२८ पुष २०८२, सोमबार

२८ पुष २०८२
रमेश लेखक। फाइल तस्बिर
अ+
अ-

काठमाडौँ। कांग्रेस सभापति शेरबहादुर देउवानिकट नेता रमेश लेखकले विशेष महाधिवेशन पक्षधरले गठन गरेको वार्ता टोलीबारे आफूलाई थाहा नभएको प्रतिक्रिया दिएका छन्।

लेखकले नेपालन्युजसँग कुरा गर्दै वार्ता टोलीको विषयमा अनभिज्ञता जनाए। उनले ‘एउटै पार्टीमा छलफल र संवाद गर्न वार्ता टोली नचाहिने’ पनि दाबी गरे।

देउवासँग वार्ता गर्न गगन-विश्वप्रकाशद्वारा चार सदस्यीय टोली गठन‚ को-को छन् टोलीमा?

सोमबार राति विशेष महाधिवेशन आयोजक महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले चार सदस्यीय वार्ता टोली गठन गरेका थिए। नेता प्रदीप पौडेल‚ गुरुराज घिमिरे‚ मधु आचार्य र देवराज चालिसे रहेको वार्ता टोली गठन भएको केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले बताएका थिए।

टोलीले मंगलबार बिहान ७ बजेदेखि संस्थापन पक्षसँग वार्ता गर्ने बताइएको छ। सभापति शेरबहादुर देउवा पक्षले टोलीसँग वार्ता गर्न कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखकलाई छनोट गरेको छ।

यो पनि…

अधिकांश प्रतिनिधिको चाहना : शेरबहादुरको सन्न्यास, गगनको नेतृत्व