काठमाडौँ
००:००:००
२८ पुष २०८२, सोमबार

२८ पुष २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

काठमाडौँ। जेन-जी आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथदेवलबाट फरार एक कैदी काठमाडौँको झोरबाट पक्राउ परेका छन्।

केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले कारागारबाट फरार सिन्धुलीको तीनपाटन गाउँपालिका ६ बस्ने ५० वर्षीय गुञ्जबहादुर श्रेष्ठलाई आज (सोमबार) पक्राउ गरेको हो।

श्रेष्ठ कर्तव्य ज्यान मुद्दामा १८ वर्ष कैद सजाय कायम भई २९ असार २०७३ देखि जगन्नाथदेवलमा कैद भुक्तान गरिरहेका थिए।

जेन-जी आन्दोलनका क्रममा फरार रही काठमाडौँ उपत्यकामा लुकीछिपी बसेको भन्ने विशेष सूचनाका आधारमा ब्युरोबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। पक्राउ गरी उनलाई कारागार कार्यालय जगन्नाथदेवलमा पेस गरिएको ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए।