काठमाडौँ
००:००:००
२८ पुष २०८२, सोमबार

नेपाली कांग्रेस

२८ पुष २०८२
नेपाली कांग्रेसको विशेष महाधिवेशनमा नेताहरू। तस्बिर : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेस विशेष महाधिवेशन आयोजक समितिले महाधिवेशन कार्यविधि पारित गरेको छ।

कार्यविधिअनुसारै अहिले विभिन्न प्रस्ताव पेस हुँदै छन्। महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहेका छन्।

त्यसैगरी कार्यविधिअनुसार समसामयिक राजनीतिक समीक्षा, राजनीतिक तथा पार्टीको नीति, विधानमा आवश्यक संशोधन, परिमार्जन, पार्टीको संरचनागत र सांगठनिक सुधारबारे प्रस्ताव पेस हुनेछन्।

यस्तै केन्द्रीय कार्यसमिति विघटन गर्ने र पन्ध्रौँ महाधिवेशन सम्पन्न नहुँदासम्मको लागि नयाँ केन्द्रीय कार्यसमितिको निर्वाचनको प्रस्ताव पेस गरिने कार्यविधिमा उल्लेख छ। यसपछि कांग्रेसको विधानसहित विभिन्न मितिमा गठित केन्द्रीय निर्वाचन समिति, अनुशासन समिति र केन्द्रीय लेखा समिति विघटन प्रस्ताव लगिने छ।

यसपछि निर्वाचन समिति गठनको प्रस्ताव पेस हुँदै छ।

पार्टीको विधानको धारा १७ को उपधारा (१) बमोजिम नियमित महाधिवेशन सम्पन्न नहुन्जेल केन्द्रीय महाधिवेशनको काम कर्तव्य र अधिकारभित्र रही महाधिवेशन प्रतिनिधिहरूले विधानको धारा २१ बमोजिम केन्द्रीय कार्यसमिति निर्वाचन गर्ने छन्। निर्वाचन प्रयोजनका लागि एक जना संयोजकसहित पाँच सदस्यीय निर्वाचन समिति गठन गरिने कार्यविधिमा उल्लेख छ।

गठन भएको निर्वाचन समितिले निर्वाचनसम्बन्धी कार्यविधि/निर्देशिका आफैँ तय गरी निर्वाचन सम्पन्न गर्ने कार्यविधि बनाइएको छ।