काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनको दोस्रो दिन सोमबार बन्दसत्रमा समसामयिक राजनीति प्रस्ताव पेस गरेका छन्। महामन्त्री थापाले आफ्नो राजनीतिक प्रस्तावमा विशेष महाधिवेशन कांग्रेस बदल्नका लागि र बदलिएको कांग्रेसमार्फत देश बदल्नको लागि भएको उल्लेख गरेका छन्।
उनले भनेका छन्, ‘यस विशेष महाधिवेशनबाट हामीले सन्देश दिनुपर्नेछ- हामी सच्चिन्छौँ, हामी बदलिन्छौँ र हामी सक्छौँ।’
थापाले जेन-जी विद्रोह, विशेष महाधिवेशनको आवश्यकता, विशेष महाधिवेशनको वैधानिक प्रावधान, कांग्रेसको ऐतिहासिक परम्परा, आजको परिदृश्य र कांग्रेस नीतिगत संकल्पलगायत विषयमा राजनीतिक प्रस्ताव राखेका छन्।