काठमाडौँ
००:००:००
२९ पुष २०८२, मंगलवार

२९ पुष २०८२
अ+
अ-

मुस्ताङ। मुस्ताङ जिल्लाको लोमान्थाङ गाउँपालिका–४ नेचुङबाट सशस्त्र प्रहरी बल नेपालले दुई करोड २४ लाख ५९ हजार तिन सय २० रुपैयाँ बराबरका इलेक्ट्रिक चुरोटसहित एक जनालाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिका–५ निवासी अन्दाजी ३२ वर्षीय पेमा लामा रहेका छन्। उनलाई पुस २८ गते ना ६ ख ७५९१ नम्बरको कन्टेनरसहित नियन्त्रणमा लिइएको हो। लामा उक्त कन्टेनरका चालक रहेको सशस्त्र प्रहरीले जनाएको छ।

उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट नेचुङ्गबाट सशस्त्र प्रहरी नायव निरीक्षक उदय बहादुर कुमाल कमाण्डमा खटिएको सुरक्षा फौजसहित मुस्ताङ् भन्सार कार्यालयका कर्मचारी, नेपाल प्रहरी, स्थानीय जनप्रतिनीधिहरुको संयुक्त टोलीले इलेक्ट्रिक चुरोट बोकेको कन्टेनरसहित नियन्त्रणमा लिएको हो।

बरामद इलेक्ट्रिक चुरोट मुस्ताङ भन्सार कार्यालयमा बुझाईएको छ भने नियन्त्रणमा लिईएका लामालाई आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय छोसेरमा बुझाईएको छ।

कन्टेनर बिग्रीएको कारण सो कन्टेनरमा रहेको टिस्यु पेपर र ट्वाईलेट पेपर भने सोही ठाउँमा भन्सार कार्यालयले सिल गरी राखेको छ।