काठमाडौँ। नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्द सत्र सुरू भएको छ। बन्द सत्रमा दुबै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा आइपुगेका छन्।
महामन्त्रीद्वयले पेश गरेको दुबै प्रतिवेदनमा बन्द सत्रमा समूहगत छलफल जारी छ। विभिन्न सात वटा समितिमा प्रतिवेदनमाथि छलफल भइरहेको हो। सात वटै समितिले बन्द सत्रमा समूहगत प्रस्तुति दिइरहेका छन्।
२७ पुसदेखि कांग्रेस विशेष महाधिवेशन भइरहेको छ। बन्द सत्रले मंगलबार नै नयाँ नेतृत्व चयन गर्ने तयारी साथ निर्वाचन समिति गठन भइसकेको छ।
उता, महामन्त्रीद्वयले गठन गरेको वार्ता टोलीले संस्थापन पक्षसँग छलफल गरिरहेको छ।