सेयर बजार
नेप्सेमा आज १३ समूहको कारोबार भएकामा सात समूहको सेयरमूल्य बढ्यो भने बाँकी ६ समूहका घटे।
काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज नेप्से आज (मंगलबार) ४.९० अंकले बढेको छ। नेप्से सोमबार भने ५.५४ अंकले घटेको थियो।
अघिल्लो दिनको तुलनामा ०.१८ प्रतिशतले बढेको नेप्से २६३९.९१ विन्दुमा पुगेको छ।
आजको दिनमा सेन्सेटिभ इन्डेक्स पनि ०.५४ अंकले बढेर ४५४.८६ विन्दुमा रोकिएको छ। प्रतिशतका आधारमा यो अघिल्लो कारोबार दिनको तुलनामा ०.१२ प्रतिशतले कम हो।
सेयर बजारमा मंगलबार ३४९ कम्पनीको ७७ हजार १७ पटकको कारोबारमा एक करोड ३६ लाख २४ हजार ८२४ कित्ता सेयर किनबेच भए। जसअनुसार मंगलबार ६ अर्ब ९९ करोड चार लाख ८४ हजार ३९ रुपैयाँको कारोबार भयो। नेप्सेमा हिजो (सोमबार) भने ६ अर्ब ४७ करोड २६ लाख सात हजार ८०१ रुपैयाँको कारोबार भएको थियो। अस्ति (आइतबार) भने पृथ्वी जयन्तीका कारण सेयरबजार बन्द रह्यो।
नेप्सेमा आज १३ समूहको कारोबार भएकामा सात समूहको सेयरमूल्य बढ्यो भने बाँकी ६ समूहका घटे।
जसअनुसार वाणिज्य बैंक समूहको सेयर ०.१४ प्रतिशतले घट्यो। आज विकास बैंक समूहको सेयरमूल्य भने ०.०० प्रतिशतले बढ्यो। फाइनान्स समूह ०.२९ प्रतिशत र होटेल तथा पर्यटन समूह ०.४८ प्रतिशतले घट्यो।

यसैगरी जलविद्युत् १.०२ र लगानी समूह ०.०४ प्रतिशतले बढे। जीवन बिमा ०.१७‚ उत्पादन तथा प्रशोधन समूह ०.२३ र लघुवित्त समूह ०.२० प्रतिशतले घट्यो।
यस्तै म्युचुअल फन्ड समूह ०.४२‚ निर्जीवन बिमा समूह ०.०७‚ अन्य समूह ०.७८ र व्यापार समूह ०.९८ प्रतिशतले बढ्यो। नेप्सेमा मंगलबार ११८ कम्पनीको मूल्य बढ्दा १३४ वटाको घट्यो। आठ कम्पनीका सेयरमूल्य भने स्थिर रहे।
नेप्सेमा मंगलबार थ्रीस्टार हाइड्रोपावर लिमिटेडको सेयरमूल्य १० प्रतिशतले बढ्यो अर्थात् पोजेटिभ सर्किट लाग्यो। थ्रीस्टारको अन्तिम कारोबार मूल्य ८३२ रुपैयाँ कायम रह्यो।
यसैगरी सबैभन्दा बढी रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले ६.०९ प्रतिशतले सेयरमूल्य गुमाए। रसुवागढीको अन्तिम कारोबार मूल्य प्रतिसेयर २७६ रुपैयाँ कायम रह्यो।
यस्तै राधी विद्युत् कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भयो। राधीको मंगलबार ५४ करोड ६५ लाख ६६ हजार ८१३ रुपैयाँको सेयर किनबेच भयो। यसको अन्तिम सेयर मूल्य ८१९ रुपैयाँ कायम रह्यो।