काठमाडौँ
००:००:००
३० पुष २०८२, बुधबार

३० पुष २०८२
अ+
अ-

काठमाडौँ। यूएईस्थित विभिन्न कलेजमा अध्ययन गर्न पठाइदिने भन्दै ठग्ने कन्सन्टेल्सीका सञ्चालकहरू पक्राउ परेका छन्।

पक्राउ पर्नेमा विभिन्न कन्सल्टेन्सीका पाँच सञ्चालक रहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ।

ब्युरोका अनुसार नुवाकोटको दुप्चेश्वर ६ घर भई काठमाडौँ ३१ मा रहेको वेस्ट पाथ एजुकेसन प्रालिका सञ्चालक २९ वर्षीय कृष्ण थापा‚ कपिलवस्तु घर भई काठमाडौँ ७‚ नारायणगोपाल चोकमा रहेको मर्करी एजुकेसन कन्सल्टेन्सीका सञ्चालक रामचन्द्र टन्डन‚ काठमाडौँ ३१ मा रहेको सिटीहब एजुकेसन नेटवर्कका सञ्चालक सुवास सिलवाल क्षेत्री‚ दार्चुला घर भई काठमाडौँ २‚ लाजिम्पाटमा रहेको कान्तिपुर एबरोड कन्सल्टेन्सीका सञ्चालक हेमराज भट्ट र उनका साझेदार सिन्धुपाल्चोकका दामोदर ढकाल पक्राउ परेका छन्।

उनीहरूले नेपाली विद्यार्थीलाई उच्च शिक्षा हासिलका लागि फ्रान्स तथा अस्ट्रेलियालगायत मुलुकका विश्वविद्यालयबाट मान्यता प्राप्त यूएईमा रहेका कलेजमा क्रेडिट ट्रान्सफरसमेत हुने एकेडेमिक कोर्स अध्ययनका लागि भनी झुक्याएको ब्युरोले जनाएको छ। उनीहरूले प्रतिव्यक्ति आठ लाखदेखि २२ लाख रुपैयाँसम्म लिएर मुलुकी अपराध संहिता, २०७४, ठगीसम्बन्धी कसुर गरेको प्रहरीको भनाइ छ।