काठमाडौँ
००:००:००
३० पुष २०८२, बुधबार

विशेष महाधिवेशन

३० पुष २०८२
तस्बिर : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसको विशेष महाधिवेशनमा नयाँ नेतृत्वको निर्वाचनका लागि मनोनयन दर्ताको समय सकिएको छ। मनोनयन दर्ताको समय सकिँदासम्म सभापतिमा अहिलेका महामन्त्री गगनकुमार थापाको मात्रै उम्मेदवारी परेको छ।

निर्वाचन समितिले १ बजे उम्मेदवारको नामावली प्रकाशन गर्ने समय तोकेको छ। यद्यपि महामन्त्रीहरू कानुन व्यवसायीहरूसँग परामर्श पनि गरिरहेका छन्। अब अचानक कुनै सहमति भएमा वा वार्ताबाट अन्य कुनै निर्णय नभए थापा निर्विरोध सभापति निर्वाचित हुने सम्भावना छ।

कांग्रेसमा सभापतिपछि शक्तिशाली मानिने महामन्त्री पदमा भने चार जनाको उम्मेदवारी परेको छ। महामन्त्रीका लागि मनोनयन दर्ता गराउनेमा विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, उदयशमशेर जबरा र जगदीशनरसिंह केसी छन्।