काठमाडौँ
००:००:००
३० पुष २०८२, बुधबार

३० पुष २०८२
अ+
अ-

काठमाडौं। नेपाली बजारमा आज पनि सुनचाँदीको मुल्य बढेर उच्च विन्दुमा पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज  सुनको मुल्य प्रति तोला एक हजार पाँच सयले बढेर दुई लाख ७८ हजारमा कारोबार भइरहेको छ। यो सुनको अहिलेसम्मको उच्च मुल्य हो। यसअघि मंगलबार सुन तोलाको २ लाख ७६ हजार ५ सयमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको ३१५ रुपैयाँले बढेर तोलाको ५६५५ रुपैयाँमा कारोबार भइरहेको छ। यो चाँदीको अहिलेसम्मको उच्च मुल्य हो। यसअघि मंगलबार चाँदी तोलाको ५३४० रुपैयाँमा कारोबार भएको थियो।