काठमाडौँ
००:००:००
३० पुष २०८२, बुधबार

कांग्रेस राजनीति

सभापतिमा गगनकुमार थापा निर्विरोध

३० पुष २०८२
कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित महामन्त्री गुरु घिमिरे र प्रदीप पौडेल
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गुरु घिमिरे र प्रदीप पौडेल महामन्त्री पदमा चयन भएका छन्।

काठमाडौँको भृकुटीमण्डपमा भएको विशेष महाधिवेशनबाट घिमिरे र पौडेललाई महामन्त्री चयन गरेको हो। नेता विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट महामन्त्रीमा युवा नेताद्वय प्रदीप पौडेल र गुरु घिमिरे चयन भएको जानकारी दिए।

जसमा महामन्त्रीका लागि घिमिरे र पौडेलले मात्रै उम्मेदवारी दिएका हुन्। कांग्रेसमा दुई महामन्त्री रहने व्यवस्था छ।

यस्तै विशेष महाधिवेशनले उपसभापति पदमा फरमुल्लाह मन्सुरलाई चयन गरेको छ। कांग्रेसको १४औँ महाधिवेशनबाट मन्सुर सह-महामन्त्री निर्वाचित भएका थिए। नेता अजयबाबु शिवाकोटीका अनुसार कांग्रेसका दुई उपसभापतिमध्ये मन्सुरको नाम टुंगो लागेको हो। अर्को उपसभापतिका लागि छलफल भइरहेको छ।

सभापतिमा भने गगनकुमार थापाको मात्र उम्मेदवारी परेको छ। यसर्थ थापा निर्विरोध सभापति बन्नेछन्।

अन्य पदाधिकारी टुंगो लगाउन गगनकुमार थापा र पदाधिकारीका उम्मेदवारबीच छलफल भइरहेको छ। निर्वाचन समितिले बुधबार बिहान उम्मेदवारी दर्ताको कार्यक्रम तय गरेको थियो।