काठमाडौं। आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटअघिको पहिलो वार्म अप खेलमा नेपाली टोलीले आज टेस्ट राष्ट्र आयरल्यान्डसँग खेल्दैछ।
खेल आज बिहान ९ बजेदेखि तल्लो मुलपानी क्रिकेट मैदानमा हुनेछ। नेपालले पहिलोपटक आयरल्यान्डसँग खेल्न लागेको हो।
यो खेल आधिकारिक मान्यतामा नपर्ने भए पनि विश्वकप छनोटअघिको तयारीका लागि नेपालका लागि महत्वपूर्ण अवसर हुनेछ।
१८ जनवरीदेखि हुने छनोट अगाडि सहभागी १० टोलीले दुई/दुई अभ्यास खेल खेल्नेछन्। आज हुने अन्य खेलमा बंगलादेश र नेदरल्यान्ड्स तथा जिम्बाब्वे र पपुवा न्युगिनी भिड्नेछन्। खेल टियु क्रिकेट मैदान र माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुनेछ।
नेपालले दोस्रो अभ्यास खेल शुक्रबार टियु क्रिकेट मैदानमा अमेरिकासँग खेल्नेछ।
छनोटको समुह ‘ए’मा बंगलादेश, आयरल्याण्ड, पपुवा न्युगिनी, नामिबिया र अमेरिका रहेका छन् भने समूह ‘बी’मा स्कटल्याण्ड, थाइल्याण्ड, जिम्बाब्वे, नेदरल्यान्ड्स र आयोजक नेपाल रहेका छन्।