काठमाडौँ
००:००:००
३० पुष २०८२, बुधबार

३० पुष २०८२
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचन कार्यतालिका पुन: संशोधन भएको छ। केन्द्रीय निर्वाचन समितिले भृकटीमण्डपमा जारी निर्वाचन कार्यतालिका संशोधन गरेको हो।

उम्मेदवारको नामावली प्रकाशन ४ बजेका लागि सारिएको छ। यसअघि १ बजे नै मतदान हुने कार्यतालिका थियो। उम्मेदवारीमाथि दाबीविरोध साढे ४ र उम्मेदवारमाथिको दाबी विरोधको छानबिन साँझ ५ बजे सारिएको छ।

उम्मेदवारमाथिको दाबीविरोधको छानबिनपछि पुन: नामावली प्रकाशन ५:५ बजे, उम्मेदवारको मनोनयन फिर्ता १७:३५, उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन ६ बजे र मतदान राति ८ देखि ११ बजेलाई तय गरिएको संयोजक सीताराम केसीले बताए।